हिमाली गाउँपालिका टुनिगडामा जिप दुर्घटना हुँदा दुईजनाकाे मृत्यु, १५ जनाभन्दा बढी घाइते

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

बाजुरामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका– ५ किउडीबाट धुुलाचौरका लागि छुटेको जिप टुनिगडामा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा हिमाली गाउँपालिका– ५ की ७६ वर्षीया वाचा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकायाको रहेका छन् । उनीहरूकाे घटनास्थलमै मृत्यु भएको स्थानीय अमलाल कार्कीले जानकारी दिएका छन्। किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा.प्र.०३००१ज ०३३८ नम्बरको जिप, जिपमा सवार यात्रुको संख्या र घाइतेको अवस्थाबारे विवरण आउन बाँकी रहेको स्थानीय  रोकायाले  बताए ।

प्रहरी टोली दुर्घटनास्थलतिर गइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।

सुझावित समाचार