कुलिङ पिरियडमा एमालेको संशोधन प्रस्तावले गठबन्धनमा दरार ल्याउँछ : महामन्त्री शर्मा

मंगलबार, ७ साउन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा एमालेको संशोधन प्रस्ताव आइरहे गठबन्धनमा दरार उत्पन्न हुने बताएका छन्।

बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा मंगलबार बिपी स्मारकमा आयोजित कार्यक्रममा शर्माले सँगै हुँदा राष्ट्रिय सभाबाट सच्याउने सहमति जनाएर एमालेले संशोधन प्रस्ताव पेस गरेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

‘राज्य व्यवस्था समितिबाट हामीले सर्वसम्मतिले आह्वान गरेका छौँ– राष्ट्रिय सभाबाट यसलाई सच्याइनुपर्छ। हामी सँगै बस्दा त्यो कुरामा सबै सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रूपमा संशोधन प्रस्ताव आइराखेर दुर्घटनातिर लगियो भने स्वाभाविक छ कि दुईटा दलबिचको समझदारीमा यसले एक ढंगको दरार उत्पन्न गर्छ,’ उनले भने।

महामन्त्री शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीकै समर्थनमा मन्त्रीले हतारो गरेको आशंका गर्दै यसमा गहन संवाद गरिनुपर्ने भएकाले हतार नगर्न सुझाव दिए।

सुझावित समाचार