भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

मंगलबार, ६ साउन, २०८२
डिजिटल संस्करण

भक्तपुरको सूर्यविनायक–जगाती सडकखण्डमा पर्ने सूर्यविनायक नगरपालिका– ८ स्थित इटभु चोकमा बसको ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गएको छ।

मंगलबार बिहान करिब सवा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा.५ख ४७८२ नम्बरको बसले बाटो काट्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। भक्तपुर नगरपालिका– ४ मंगलाछेँ घर भई हाल आदर्शमा बसोबास गर्दै आएकी श्रेष्ठलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा साढे ११ बजे उनको मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । दुर्घटना गराउने बस र चालक नुवाकोटको शिवपुरी गाउँपालिका– २, छाप घर भई हाल काठमाडौं नारायणस्थान बसोबास गर्ने २८ वर्षीय नीलकुमार तामाङलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
 

See More On

सुझावित समाचार