विद्या भण्डारीको सदस्यता नवीकरण भएको महासचिवले नै पुष्टि गरिसके : ईश्वर पोखरेल

आइतबार, ५ साउन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको प्रस्ट पारेका छन्।

अध्यक्षको दाबेदार मानिएकी भण्डारीले सदस्यता नवीकरणकै लागि संघर्ष गर्नुपरेको भन्ने पत्रकारको प्रश्नमा उनले महासचिव शंकर पोखरेलले नै नवीकरण भइसकेको पुष्टि गरेको स्मरण गराए।

च्यासलस्थित पार्टी कार्यालयपरिसरमा उनले भने, ‘संघर्ष गर्नुपर्ने विषय नै होइन, सदस्यता नवीकरण गरिसकेको कुरा त हाम्रो पार्टीको महासचिवज्यूले नै कुनै अन्तर्वार्तामा भनिसक्नुभएको छ। महासचिवले आधिकारिक रूपमै भनिसक्नुभएको छ।’

भण्डारीलाई कुन जिम्मेवारी दिने भन्ने विषय भने छलफलको विषय भएको पोखरेलको भनाइ छ। 

सुझावित समाचार