पार्टी एकता गर्दै वामदेवले भने– एक्लै कहिले पनि सफल भइन्न

शुक्रबार, २ साउन, २०८२
डिजिटल संस्करण
पार्टी एकता गर्दै वामदेवले भने– एक्लै कहिले पनि सफल भइन्न

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एक्लै सफलता नपाइने बताएका छन्।

शुक्रबार एकीकृत समाजवादीसँगको पार्टी एकता कार्यक्रममा बोल्दै गौतमले आफूलाई एकीकृत समाजवादीमा आउन चार वर्ष लागेको बताए।

एक्लै सफल नभइने बताउँदै उनले भने, ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइन्न । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु।’
 

सुझावित समाचार