श्रमिकको तलब वृद्धि भएकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

शुक्रबार, ३ साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु. १७ हजार तीन सयबाट बढाएर रु. १९ हजार ५५० बनाउने निर्णय भएको जानकारी दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गरे । 

उनले श्रमविना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मानविना समृद्धि नहुने बताए । ‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ उनले लेखेका छन् ।  ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल !’ 

सुझावित समाचार