चार जिल्लाका डिएसपी फेरिए

बिहिबार, २ साउन, २०८२
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले २० जना नायब उपरीक्षक(डिएसपी)को सरुवा गरेको छ । सरुवामा चार जिल्लाका डिएसपी फेरिएका छन् । 

डिएसपी राजु लामालाई भोजपुर, हेम केसीलाई सल्यान, ओमप्रकाश खनाललाई अछाम र खगेन्द्र धमलालाई बझाङमा सरुवा गरिएको छ ।  ती जिल्लामा कार्यरत डिएसपीको एक वर्षको अवधि पुगेकाले सरुवा गरिएको हो । 

 कास्कीको वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराईलाईइलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा रुपा लावुङ तथा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा तुल्सीराम अर्यालको सरुवा भएको छ । त्यस्तै, सिंहदरबार गणमा डिएसपी सिद्धराज न्यौपानेको सरुवा भएको छ। 
 
 

सुझावित समाचार