मुगुमा यसरी मनाइयो साउने संक्रान्ति (तस्बिरहरू)

बिहिबार, १ साउन, २०८२
डिजिटल संस्करण

मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा स्थानीय देउडा कार्यक्रम आयोजना गरेर साउने संक्रान्ति मनाइएको छ।  

छायानाथ रारा–२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामनजिकै रहेको बाजथला हरियाली पार्कमा साउने संक्रान्ति मनाइएको हो। 

संक्रान्तिकै अवसरमा बिहीबार छायानाथ रारा नगरपालिकाभित्रका १४ वटै वडाका महिला देउडा  टिमबिच देउडा प्रतियोगिता आयोजना गरिएको थियो। त्यसैगरी, महिला र पुरुषबिच पनि रोचक देउडा खेल भएको थियो।

कार्यक्रममा जिल्लास्थित विशिस्ट व्यक्तित्वहरु, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, संचारकर्मी, स्थानीय महिला पुरुषको उपस्थिति थियो।

सुझावित समाचार