सरकार देशलाई असफल बनाउनेतर्फ अग्रसर छ : ‘प्रचण्ड’

बिहिबार, २ साउन, २०८२
डिजिटल संस्करण

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ अगाडि बढेको आरोप लगाएका छन् ।

बिहीबार ललितपुरमा ‘श्रम उत्पादनमा वाइसिएल अभियान’को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ ।’

प्रतिपक्षले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावनाविपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी उनले दिए ।

उनले थपे, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचारबाहेक केही पनि छैन ।’

‘प्रचण्ड’ले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताए ।

‘देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ,’ उनले भने ।

‘

सुझावित समाचार