बाल अस्पताल निर्माण गर्न नेपाल लाइफको एक करोड सहयोग

मंगलबार, ३१ असार, २०८२
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्सले बाल स्वास्थ्यमा काम गरिरहेको गैरनाफामूलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा सुरु भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।

यस्ता परियोजनाले राज्यले लिएको नीतिलाई समेत सघाउ पुग्ने र आगामी दिनमा पनि निजी स्तरबाट नै यस किसिमका परियोजनाको सफल कार्यान्वयन गर्न सकिएमा आमनागरिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

साथै, यस कार्यमा नेपाल लाइफ जोडिन पाउँदा आफू खुसी भएको बताए । यसै क्रममा कम्पनीका सिइओ पराजुलीले नेपालमा बाल स्वास्थ्यमा रूपान्तरण ल्याउन सुरु गरिएको यसलाई आगामी दिनमा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए । 

सुझावित समाचार