एमालेले ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजान्छ : पोखरेल

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेलले आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने गरी प्रस्ताव लैजाने बताएका छन् । केन्द्रीय विभागहरूको भेलालाई आइतबार पार्टी कार्यालयमा सम्बोधन गर्दै पोखरेलले त्यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेरहद विधान महाधिवेशनबाट पारित गराउनु केन्द्रीय कमिटीको दायित्व भएकाले त्यस्तो प्रस्ताव लैजाने उनको भनाइ छ ।

उनले पार्टीको दसौँ महाधिवेशनबाटै अध्यक्षमा दुईपटक उम्मेदवार बन्न पाउने वा दुईपटक अध्यक्ष बन्न पाउने व्यवस्था पनि हटाइसकिएको दाबीसमेत गरे । भेलामा उनले सात दिनभित्र संगठनात्मक प्रस्तावबारे लिखित सुझाव दिन विभागहरूलाई निर्देशन पनि दिए ।
 

सुझावित समाचार