मैले नै काँधमा बोकेर ल्याएको, मैमाथि पटकपटक कारबाही भयो : धवलशमशेर राणा

आइतबार, २९ असार, २०८२
डिजिटल संस्करण

राप्रपा महामन्त्री धवलशमशेर राणाले आफैँले काँधमा बोकेर ल्याएको व्यक्तिले आफूमाथि पटकपटक कारबाही गरेको बताएका छन्।

आइतबार निर्वाचन आयोग पुगेका राणाले पत्रकारहरूसँग कुरा गर्दै लामो समयदेखि पार्टीमा योगदान दिएका मान्छेहरूलाई पार्टीबाट निकाल्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पक्षमा नरहेकाहरूलाई हटाएको बताउँदै उनले भने, ‘पार्टीभित्र अन्याय हुन लागेपछि हामीले बोलेको हो। सबैभन्दा पहिले त हामीले पार्टीभित्रै मिलाउन खोजेका थियौँ पटकपटक।’

लिङ्देनले पार्टी अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाएपछि  उनको पुनर्वहालीका लागि राणासहितको समूह निर्वाचन आयोग पुगेको हो। 

सो क्रममा पार्टी विभाजनको विषयमा सोधिएको प्रश्नमा राणाले भने, ‘पार्टी विभाजन भयो भनेर नै हामीले यो परिवर्तन ल्याएको हो। नयाँ पुस्तालाई भनेर मैले नै काँधमा बोकेर ल्याएको हो। तर, मैमाथि पटकपटक कारबाही हुन्छ।’
 

सुझावित समाचार