संवैधानिक इजलासको फैसलाले संवैधानिक सर्वाेच्चताको मान्यता धराशायीः पूर्वन्यायाधीश फोरम

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिको विवादसम्बधी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासको फैसलाप्रति पूर्वन्यायाधीश फोरम नेपालले नै प्रश्न उठाएको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गरी फोरमले सो फैसलाले कार्यकारिणीलाई निरंकुशता बढाउन मद्दत पुर्‍याउनुका साथै संवैधानिक सर्वाेच्चताको मान्यता धराशायी बनाएको उल्लेख छ। 
साथै, संसदीय सुनुवाइको विषयमा पनि सो फैसलाले थप अन्योलता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ।

 फैसलामा हरेक मागदाबी सम्बोधन हुने गरी आदेश हुनुपर्नेमा त्यसतर्फ गम्भीरतापूर्वक ध्यान नदिएको पनि फोरमले औँल्याएको छ। 

सुझावित समाचार