रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएपछि मनीषा कोइरालाले भनिन्– रवि लामिछानेमाथि राज्यबाट अन्याय भएको छ

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थालेको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले ऐक्यबद्धता जनाएकी छिन्। बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर उनले लामिछानेमाथि अन्याय भएको भन्दै न्यायका लागि हस्ताक्षर गरेकी हुन्। 

आफू कुनै पार्टीमा आबद्ध नभएको र आमनागरिकका रूपमा लामिछानेमाथि राज्यबाट अन्याय भएकाले विरोधमा आवाज उठाउन हस्ताक्षर गरेको उनले बताइन्। 

रास्वपाको हस्ताक्षर अभियानमा विपिन कार्की, खगेन्द्र लामिछाने, रमेश उप्रेती, किरण केसीलगायत कलाकारले साथ दिएका छन्। 

सहकारीमा कुनै सम्बन्ध नहुँदा पनि राजनीतिक प्रतिशोधका आधारमा सरकारले उनीविरुद्ध विभिन्न मुद्दा चलाएको भन्दै रास्वपाले लामिछानेको न्यायका लागि देशैभर हस्ताक्षर अभियान थालेको हो। 
 

सुझावित समाचार