भोटेकोशी बाढीले बगाएका पाँच शव र चारवटा मानव अंग भेटिए

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

मंगलबार बिहान चीनबाट रसुवागढी नाका भई प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये पाँचवटा शव र चारवटा मानव अंग भेटिएको छ । बुधबार राति साढे नौ बजेसम्मको तथ्यांकअनुसार पाँचवटा शव र चारवटा मानव अंग भेटिएको हो । बाढीमा परी २० जना बेपत्ता भएका छन् ।

विपत् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । अहिलेसम्म ११८ महिला, ३१९ पुरुष र २५ जना बालबालिकालाई टिमुरे–स्याफ्रुबेँसीबाट उद्धार गरिएको छ भने स्याफ्रुबेँसी–टिमुरेबाट आठ महिला, १० पुरुष र पाँच सञ्चारकर्मीको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । विपत् प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत् र सडक अवरुद्ध हुँदा खोज तथा उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ । 

सुझावित समाचार