उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् । आज (सोमबार) चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारेका छन्।
2025-07-07-03-08-13.jpeg)
अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि बिरामी बिचल्लीमा परेका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायत ठुला अस्पतालमा उपचारका लागि आएका बिरामी ओपिडी बन्द भएपछि बिचल्लीमा परेका हुन् ।
2025-07-07-03-08-29.jpeg)
अदालतले चिकित्सक तथा अस्पतालमाथि नियोजित रूपमा फैसला गरेको आरोपमा चिकित्सकहरूले आज निजी र सरकारी दुवै अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा रोकेका छन् । नेपाल चिकित्सक संघले नै आन्दोलनको अगुवाइ गर्दै सेवा ठप्प पार्न चिकित्सकहरूलाई निर्देशन दिएको छ ।
2025-07-07-03-08-46.jpeg)
नेपाल चिकित्सक संघले नेतृत्व गरेकाे आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित अन्य नाैवटा संघसंस्थाले समेत समर्थन गर्दै अदालतको फैसलाको विरोध गरेका छन् । चिकित्सक संघले अदालतको फैसला अव्यावहारिक र चिकित्सकमाथि प्रतिशोध लिएको संघका अध्यक्ष अनिलविक्रम कार्कीले बताए ।
2025-07-07-03-09-00.jpeg)
‘चिकित्सकमाथि राज्यले सजायमा भार थपेको छ, यसमा हाम्रो आपत्ति छ, यो समाधान नभएसम्म सेवा ठप्प हुन्छ,’ उनले भने, ‘बिरामीलाई उपचार सेवा नदिऊँ भन्ने होइन, तर सरकारले चिकित्सकहरूमाथि राखेको प्रतिशोध र निशाना ठिक भएन।’
2025-07-07-03-09-14.jpeg)
हेर्नुस् थप तस्बिर :
2025-07-07-03-10-03.jpeg)
2025-07-07-03-09-42.jpeg)
2025-07-07-03-10-42.jpeg)
2025-07-07-03-10-32.jpeg)
2025-07-07-03-10-21.jpeg)