उकालो लाग्दै डेंगु संक्रमणदर

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण

एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणदर क्रमश: बढ्दो देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमणदर असार लागेपछि बढ्दो क्रममा छ ।

महाशाखाको आइतबारसम्मको तथ्यांकअनुसार एक हजार ६७९ जनामा संक्रमण भएको थियो । यो गत जनवरीदेखि ६ जुलाईसम्मको तथ्यांक हो । ७३ जिल्लामा संक्रमण फैलिएको छ । हालसम्मको संक्रमणदर हेर्दा सबैभन्दा बढी बागमतीमा ४०७ जनामा संक्रमण भएको छ ।

कोशी प्रदेशमा ३३४, मधेशमा ३१, गण्डकीमा ३६१, लुम्बिनीमा २७८, कर्णालीमा ३६ र सुदूरपश्चिम प्रदेशमा २३२ जनामा संक्रमण देखिएको छ । महाशाखाले यसपटक भदौसम्म १० हजारभन्दा बढीमा संक्रमणदर देखिन सक्ने प्रक्षेपण गरेको छ ।
 

See More On

सुझावित समाचार