अमेरिकातर्फ क्यानडाको निर्यात घट्दै, अन्य देशसँगको व्यापार नयाँ उचाइमा

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण
अमेरिकातर्फ क्यानडाको निर्यात घट्दै, अन्य देशसँगको व्यापार नयाँ उचाइमा

क्यानडाकाे मोन्ट्रियल बन्दरगाह

संयुक्त राज्य अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानडाको अमेरिकातर्फको निर्यात निरन्तर घटिरहेको छ।

क्यानडाको राष्ट्रिय तथ्यांक संस्थाका अनुसार अमेरिकातर्फको निर्यात पछिल्लोपटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथोपटकको गिरावट हो।  यसअघि क्यानडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो, तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ जुन इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो।

अमेरिकाबाहेक अन्य देशहरूसँग क्यानडाको व्यापार भने तीव्र रूपमा बढेको छ। निर्यात ५.७ प्रतिशतले बढेको छ र कुल व्यापार ४७.६ अर्ब क्यानेडियन डलर (३५ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रोपटकको रेकर्ड हो।

साथै, क्यानडाको कुल निर्यात १.१ प्रतिशतले बढेर ६०.८ अर्ब क्यानेडियन डलर पुगेको छ। आयात १.६ प्रतिशतले घटेर ६६.७ अर्ब क्यानेडियन डलरमा झरेको छ।

सुझावित समाचार