तिलाहारमा बेठी लगाएर रोपाइँ

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुंमा- १, श्यामशीलाका धनबहादुर पाण्डेले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गराएका हुन् । 

गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो ।

परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए। उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उनले परम्पराको संरक्षणका लागि साबिक तीनवटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताए । 
    
बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताए। पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेतालाबाहेक ज्येष्ठ नागरिक पनि सहभागी थिए। 
 

सुझावित समाचार