निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गर्नु देश र जनताप्रति गरिएको घोर अपराध हो : डा शेखर कोइराला

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु देश र जनताप्रति घोर अपराध भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यो घटना सामान्य नभएकाले प्रकरणमा जोडिएका सबैलाई तुरुन्त हदैसम्मको कारबाहीको माग गरेका छन्। उनले सार्वभौम संसद्प्रति गरिएको अपमान भएकाले परिवर्तन गरिएको व्यवस्थालाई पुरानै अवस्थामा लैजानसमेत आग्रह गरे ।

उनले कुलिङ पिरिएड नराखी यस विधेयकका अगाडिका कुनै पनि काम अगाडि बढ्न नदिने चेतावनी दिए । 

सुझावित समाचार