सांग्रिला डेभलपमेन्ट बैंकले दियो अक्सिजन कन्सेन्ट्रेटर

मंगलबार, १० असार, २०८२
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका– ३, स्याङ गाउँस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री अर्थात् अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बैंकको जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य सेवा केन्द्रकी अनमी आसमाया परियार तथा वडासदस्य वीरप्रसाद थकालीलगायतलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरे । 

सो अवसरमा शाखा प्रबन्धक थकालीले बैंकले प्रत्येक वर्ष विभिन्न संघ–संस्था र विद्यालयमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यही क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताए । स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटरले विशेष गरी दम र निमोनियाका बिरामीको उपचारमा सहयोग पुग्ने बताइन् ।

उनले स्वास्थ्य संस्थाका लागि अत्यावश्यक रहेको अक्सिजन कन्सेन्ट्रेटर’ उपलब्ध गराएकामा बैंकलाई धन्यवादसमेत दिइन् । 

हस्तान्तरण कार्यक्रममा घरपझोङ गाउँपालिका– ३ का सदस्य थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रको आवश्यकतालाई हेरी स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा सांग्रिला डेभलपमेन्ट बैंकले महत्वपूर्ण योगदान गरेको बताए । बैंकले देशभरका कुल एक सय नौ शाखा कार्यालय र ३० एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ । 

सुझावित समाचार