आइएमई पे र खल्तीको एकीकृत कारोबार १ साउनदेखि

शुक्रबार, ६ असार, २०८२
डिजिटल संस्करण

भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई–पे र खल्तीलाई एक–आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । गत ४ फागुनमा आइएमई पे र खल्तीबिच मर्जरका लागि समझदारी भएको थियो । त्यसपछि थप प्रक्रिया पूरा भएपछि केन्द्रीय बैंकले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो । नेपालमा वालेट कम्पनी मर्ज भएको यो नै पहिलो हो । 

अब यी दुई कम्पनीले आगामी १ साउनदेखि एकीकृत कारोबार पनि सुरु गर्ने भएका छन् । राष्ट्र बैंकले बिहीबार एक सार्वजनिक सूचना गर्दै १ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने बताएको छ । 

‘आइएमई खल्ती लिमिटेड’ नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हाल आइएमई पेलाई आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्तीलाई खल्ती प्राइभेट लिमिटेडले सञ्चालन गर्दै आएका थिए । एकीकृत कम्पनीमा आइएमई पेकै बहुमत सेयर हुनेछ । आइएमई पेको ३० करोड र खल्तीको पाँच करोड रुपैयाँ चुक्ता पुँजी छ । 

सुझावित समाचार