कार्यपालिका बैठकमा आएकी उपप्रमुखलाई कार्यालय छिर्न नदिएपछि...

मंगलबार, ३ असार, २०८२
डिजिटल संस्करण

महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई प्रहरीले गेटमै रोकेका छन्। कार्यपालिका बैठकमा सहभागी हुन पालिका आएकी उनलाई  नगर प्रमुखको आदेश भन्दै नगर प्रहरीले गेटमै रोकेका हुन्। 

कार्यालयमा प्रवेश नदिएपछि सोही ठाउँमा प्रतीक्षारत उपप्रमुख महतोले कार्यपालिका बैठक सकेर फ़र्कन लागेका अधिकृतलाई आफूलाई किन रोकेको भनी प्रश्न गरेकी थिइन् । तर, उनी केही जवाफ नदिई हिँडेका छन्।

सुझावित समाचार