राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने

सोमबार, २ असार, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ०८२ असार १ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको र उक्त बैठकको भत्ता नलिने निर्णय गरेको छ। 

भिजिट भिसा प्रकरणमा संसद् अवरुद्ध हुँदै गर्दा जबर्जस्ती बैठक सञ्चालन गरेको भन्दै राप्रपाले नैतिक र सैद्धान्तिक आधारमा भत्ता अस्वीकार गर्ने निर्णय गरेको हो।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी भएबापत प्राप्त हुने भत्ता अस्वीकृत गरेको जानकारी दिएका हुन् । पार्टीले उठाएका मागहरूलाई बेवास्ता गरी जबर्जस्ती बैठक सञ्चालन गरिएकाले यो भत्ता लिनु उचित नहुने उनको भनाइ छ। 

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको वेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक बहिष्कार गरेको थियो । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।

सुझावित समाचार