अध्यागमनको बेथितिबारे अख्तियारबाट पत्र आएको गृहमन्त्रीद्वारा स्वीकार

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसाको सेटिङमा आफ्नो संलग्नता नरहेको प्रस्टीकरण दिँदै आएका गृहमन्त्री रमेश लेखकले अध्यागमनको बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयलाई पत्र लेखेको विषय भने स्वीकार गरेका छन् । शुक्रबार संसदमा जवाफ दिँदै उनले अख्तियारबाट पत्रहरू आएकाले त्यसमा ध्यान आकर्षित भएको बताएका हुन् । सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिनुअघि नै आयोगले मन्त्रालयलाई पत्र लेख्दै विकृति सुधार गर्न भनेको थियो । 

यसबारे गृहमन्त्री लेखकले संसदमा भने, ‘माननीय सदस्य साथीहरूले अख्तियारबाट पत्रहरू प्राप्त भएकोबारेमा म आग्रह गर्न चाहन्छु– मन्त्रालयको यसबारेमा पर्याप्त ध्यान आकर्षित भएको थियो, मन्त्रालयले तदअनुरूप आफ्ना कामहरू अगाडि बढाएको थियो ।’ तर, पत्र आएपछि सुधारका लागि के काम भएको थियो भनेर खुलाउन सकेन । 

पटक–पटक पत्र लेख्दा पनि सुधारका लागि प्रयास नभएपछि अख्तियारले अन्डरकभर अप्रेसन चलाएर तत्कालीन अध्यागमन प्रमुख भट्टराईलाई पक्राउ गरेको थियो । उनले मन्त्रालयकै संरक्षणमा असुली धन्दा चलाएको आरोप लाग्दै आएको छ । भट्टराईलाई गृहमन्त्री लेखकले नै गत २३ असोजमा अध्यागमनमा पठाएका थिए। 
 

सुझावित समाचार