रास्वपा र राप्रपाको विरोधबिच प्रतिनिधिसभा बैठक अघि बढ्यो

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण
रास्वपा र राप्रपाको विरोधबिच प्रतिनिधिसभा बैठक अघि बढ्यो

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

भिजिट भिसा प्रकरणबारे प्रमुख तीन दलबिच सहमति भए पनि प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूले संसद् अवरोध जारी राखेका छन्। प्रमुख प्रतिपक्ष माओवादी केन्द्र सदन खुलाउन तयार भए पनि अन्य दुई विपक्षी दलले विरोध कायम राखेका छन्।

विरोधबिच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका हुन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेयले सम्बोधन गरिरहँदा रास्वपा र राप्रपाका सांसदहरूले टेबुल ठटाएर विरोध गरिरहेका छन्।

सुझावित समाचार