प्रदेश सभा सदस्यका उम्मेदवारसहित ८६ जनाले त्यागे एमाले

एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र दाङ २ बाट ८६ जनाले गरे एमाले परित्याग

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र दाङ २ बाट ८६ जनाले एमाले परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा गएको निर्वाचनमा दाङ क्षेत्र नं.२ (२) बाट उम्मेदवार बनेका गिरिराज केसीसहित छन् । उनी कांग्रेसका प्रचण्डविक्रम न्यौपानेसँग झिनो मतले पराजित भएका थिए ।

एमालेका पूर्व प्रदेश कमिटी सदस्यसमेत रहेका केसीसहित पूर्व प्रदेश कमिटी सदस्य घोराही- ८ निवासी गणेश लम्साल, तुलसीपुर- ७ प्रसेनीनिवासी पीताम्बर आचार्य, दंगीशरण- ५ निवासी दुश्यत चौधरी, तुलसीपुर- ३ निवासी कलिभान रोकासहित ८६ जनाले बिहीबार विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टीकै सरकार हुँदा ठुला–ठुला भ्रष्टाचारका काण्डहरूमा नेताहरू नै मुछिनु र आफैँ सरकारमा हुँदा ठुला–ठुला जुलुस निकाल्ने कार्य गरेको भन्दै पार्टी परित्याग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ  । आफैँ सत्तामा हुँदा पनि आफैँ धामी र आफैँ बोक्सी हुने कार्य भएकोसमेत विज्ञप्तिमा उल्लेख  छ ।

See More On

सुझावित समाचार