सुनको मूल्य निरन्तर उकालोतिर

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६सयले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट आएको छ। 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार नाै सय  कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार एक सय ५० मा कारोबार भइरहेको छ । 
    
गत मंगलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु  दुई हजार एक सय ६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार तीन सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

See More On

सुझावित समाचार