पालिका अध्यक्षमाथि कार्यकक्षमै हातपात भएपछि...

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै हातपात भएको छ । पालिकाले बुधबार विज्ञप्ति जारी गरि हातपात भएको जानकारी गराएको हो । बबई – ७ चरकमटियाका सुरेश हमालले आफुमाथि एकाएक आएर हेलमेट प्रहार गरेको गाउँपालिका अध्यक्ष खत्रीले बताए ।

 कार्यकक्षमै बसिरहेको समयमा हातपात गरेको र कार्यकक्षमा रहेका सेवाग्राहीले बचाएको उनले बताए ।  हातपात हुँदा अध्यक्षमाथि चोट लागेको छ । अध्यक्ष खत्रीका अुनसार हमालले झारगजेरीमा गिट्टी बालुवा उत्खनन् गर्दै आएका थिए । त्यसलाई रोक्न खोज्दा आफूमाथि हातपात भएको उनको भनाइ छ ।

यसैबीच बुधबार नै बबई गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर डाँगीमाथि पनि हातपात भएको छ । सोही वडाको किउरेनी निवासी २५वर्षीय प्रकाश बुढाथोकीले धारिलो हतियार प्रहार गरेको पालिका अध्यक्ष खत्रीले बताए  । यी दुबै घटनाप्रति पालिकाले विज्ञप्ति जारी गरि घोर भ्रत्सना गरेको छ ।

सुझावित समाचार