नागार्जुनमा जुवा खेलिरहेका सातजना पक्राउ

मंगलबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

काठमाडौंको नागार्जुनमा जुवा खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन– ४ रानीपाटी पानीट्यांकीनजिकबाट  प्रहरी वृत्त स्वयम्भूले एक लाख १० हजार नगद र तीन बुक ताससहित जुवाडेलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गुल्मी घर भएकी उषा थापा, नागार्जुन रामकोटका राजकुमार शाही, मकवानपुरका सन्तोष तामाङ, दुर्गाबहादुर तामाङ र तुलराम थिङ, पाँचथरका कुमार केरुङ लिम्बू, सिन्धुलीका धनबहादुर ब्लोन र नुवाकोटका राजकुमार तामाङ छन् । 
 

सुझावित समाचार