प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले नाराबाजी गरेका कारण अगाडि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका छन् ।

आइतबार पनि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।

अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबिच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।

सुझावित समाचार