पाँच करोडमा बृहत् सिँचाइ नहर निर्माण हुँदै

शनिबार, २५ जेठ, २०८२
डिजिटल संस्करण
  • ९० हेक्टरमा सिँचाइ सुविधा पुर्याउने गरी निर्माण भइरहेको नहरको निर्माण सम्पन्न गर्नुपर्ने अवधि एक वर्ष बाँकी छँदै भौतिक प्रगति ८०%

चन्दननाथ नगरपालिका– ९ र तातोपानी गाउँपालिका– ५, उठिल्या–एैरेनीमा बहुवर्षीय बृहत् सिँचाइ आयोजना निर्माण सुरु भएको दुई वर्षमा भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । 

खेतीयोग्य बाँझो जमिनमा सिँचाइ विस्तार गरी उत्पादन बढाउने उद्देश्यले कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको पाँच करोड लागतमा उठिल्या–एैरेनी आयोजना निर्माण भइरहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले जानकारी दिए । उनका अनुसार साढे चार किलोमिटर लामो सिँचाइ कुलोमध्ये पहिलो प्याकेजमा दुई किलोमिटर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

कुल नौ करोड २४ लाख ११ हजारबराबरको लागत स्वीकृत भएकोमा पहिलो प्याकेज निर्माण कार्यका लागि रुद्रावती निर्माण सेवा, धनगढीसँग पाँच करोड १२ लाख २२ हजारमा ठेक्का सम्झौता भएको छ । १४ जेठ ०८० बाट निर्माण सुरु भएको बृहत् सिँचाइ आयोजना आगामी २८ जेठ ०८३ मा सम्पन्न गर्ने सम्झौता भएको छ । 

कार्यालय प्रमुख महतले भने, ‘परियोजना निर्माण सक्न अझै एक वर्ष बाँकी छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत भएको छ । अहिले रोपाइँ सुरु भएकाले काम रोकिएको छ । दसैँ–तिहारलगत्तै काम सुरु भई निर्धारित समयमै सम्पन्न हुन्छ ।’ हालसम्म तीन करोड २६ लाख ४८ हजार रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।

पहिलो प्याकेजअन्तर्गत दुई किलोमिटर नहर, हेडवक्र्स र पानी प्रवेशद्वारको गेट निर्माण भइसकेको छ । रोपाइँ सुरु भएपछि नहरको तल्लो भागमा सरिया बिछ्याएको र कंक्रिट हाल्न नपाउँदै किसानले पानी छाडेपछि काम रोकिएको कार्यालयले जनाएको छ । 

See More On

सुझावित समाचार