मोरङमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

मोरङको केराबारी गाउँपालिकामा वन्यजन्तु चोरी–सिकारी गर्ने दुईजना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। कानेपोखरी–६, तामाङटोल बस्ने २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङ बिहीबार राति एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । 

अवैध चोरी–सिकारीका लागि घरमा भरुवा बन्दुक लुकाएर राखेको सूचना पाएपछि बेलबारी प्रहरीले गणेश श्रेष्ठको घर कोठाभित्र खानतलासी गर्दा एक नाल भरुवा बन्दुक बरामद गरेको थियो । त्यसपछि प्रहरीले बन्दुक भएको कोठामा रहेका  उनीहरूलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । 

मोरङका सामुदायिक तथा राष्ट्रिय वनहरूमा भरुवा बन्दुक प्रयोग गरेर वन्यजन्तुको चोरी–सिकारी हुँदै आएको छ ।   
 

सुझावित समाचार