ताप्लेजुङमा खुकुरी प्रहारबाट एकजनाको हत्या

बुधबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका– ३ मा एकजनाकाे हत्या भएको छ। गएराति १:४५ बजेतिर २८ वर्षका तेजेन्द्र लिम्बूकाे हत्या गरेको ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतम बताए।

ताप्लेजुङ फुङलिङ नपा– ६ उकालीपानी बस्ने वर्ष ३२ को अर्जुन गुरुङले खुकुरी प्रहार गरेको गौतमले बताए।फुङलिङ नगरपालिका –६ निवासी गुरुङ फक्ताङलुङ गाउँपालिका ३ तावा बस्ने फुपू योगमाया लिम्बूको  घरमा पाहुना गएका थिए । यहाँ उनी र  श्रीमतीबिच सामान्य विवादपछि झगडा  भएकाे थियाे ।

 झगडा भएछछि फुपूले सम्झाइबुझाई आफ्नो  घर जानु भनी श्रीमतीसहित छिमेकी खड्कबहादुर लिम्बूको छोरा वर्ष २८ को तेजेन्द्र लिम्बूको साथ लगाई पठाइन् । घर आउने क्रममा फक्ताङलुङ गाउँपालिका– ३ सिस्ने खोलानजिक बाटोमा  अर्जुन गुरुङले एक्कासि धारिलो हतियार खुकुरीले  तेजेन्द्र लिम्बूको बायाँपट्टिको कोखमा प्रहार गरे । खुकुरी प्रहारपछि लिम्बूकाे मृत्यु भयाे । गुरुङलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

See More On

सुझावित समाचार