प्रचण्डको निर्देशनपछि माओवादी संसदीय दलका नेता साहले दिए राजीनामा

मंगलबार, २० जेठ, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। नेता साहले सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् ।

झन्डै एक वर्षदेखि माओवादी केन्द्रका बहुमत प्रदेश सांसदले नेता साहको राजीनामा माग गर्दै आएका थिए । तर, पार्टीका उपसचिव तथा मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको संरक्षणको कारण नेता जोगिँदै आएका थिए ।

विवाद मिलाउन पार्टी अध्यक्ष प्रचण्ड स्वयंले पहल गरेका थिए । विवाद नमिलेपछि अध्यक्ष प्रचण्डले नै नेता साहलाई राजीनामा दिन निर्देशन दिएको माओवादीका एक प्रदेश सांसदले बताए ।

उनीमाथि पार्टीका सांसदहरूकाे कुरा नसुन्ने, पार्टीलाई आघात पुग्ने काम गरेको तथा अर्थमन्त्री हुँदा बजेटमा चलखेल गरेको आरोप छ । मधेश प्रदेशमा माओवादीका नौजना सांसद छन् । तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहवर अन्सारी गरी ६ जना सांसद नेता साहको विरोधमा थिए । 
 

सुझावित समाचार