मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–० को हार व्यहोरेको छ।

सोमबार पथुम थानीस्थित थम्मासत रंगशालामा घरेलु टोली थाइल्यान्डलाई जित दिलाउन चात्चावान रोडथोङ र जिरापुरन मोंगाकोल्डीले गोल गरे।

पहिलो हाफमा कुनै गोल नहुँदा दुईपटक विश्वकप खेलिसकेको थाइल्यान्ड दबाबमा आएको थियो। दुवै गोल दोस्रो हाफमा भएको हो।

यसअघि नेपालले शुक्रबार थाइल्यान्डसँग अनौपचारिक खेल खेलेको थियो। बन्द रंगशालामा भएको उक्त खेल नेपालले १–० ले गुमाएको थियो।

सुझावित समाचार