राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

आइतबार, १९ जेठ, २०८२
डिजिटल संस्करण
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका

वर्षा र सहकालका देवता रातोमत्स्येन्द्रनाथ जात्राकाे अन्तिम दिन भोटो देखाइएकाे छ। आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित जात्रामा सरिक भई राष्ट्रपति रामचन्द्र पौडेलले पनि अवलोकन गरेका छन्।

गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए। मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलले रातोमत्स्येन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरे।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति  थियो। 

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ। मत्स्येन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिन्छ।

सुझावित समाचार