सञ्चारकर्मीसहित सातजनालाई ‘स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार’

आइतबार, १९ जेठ, २०८२
डिजिटल संस्करण

विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सञ्चारकर्मीसहित सातजनालाई ‘स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै शनिबार सो पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेमा भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा. तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, मेडिकल पत्रका बुद्धि कटेल, क्यान्सर काउन्सिल नेपालका रुद्र कडरिया, हेल्थ टिभीका कल्पना आचार्य, नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने र अनलाइनखबरका पुष्पराज चौलागाईं छन् । जनही ५० हजार राशिको उक्त पुरस्कार स्वास्थ्यमन्त्री प्रदीप पौडेल तथा सचिव डा. विकास देवकोटाले प्रदान गरे । 
 

सुझावित समाचार