बिपी राजमार्गमा ट्रक र बोलेरो ठोक्किदा, तीन जना घाइते

शनिबार, १८ जेठ, २०८२
डिजिटल संस्करण

बिपी राजमार्गको पात्लेखेतमा ट्रक र बोलेरो आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।  शनिबार बिहान ६ बजेर ५० मिनेटमो समयमा  झापाबाट काठमाडौं आउँदै गरेको  ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौंबाट सप्तरी  जाँदै गरेको बा १९ च २८८८ नम्बरको बलेरो एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा बलेरोमा सवार तीन जना घाइते भएका थिए । घाइतको घुलिखले अस्पतालमा उपचार भइरहेको छ । घाइते हुने सप्तरी शम्भुनाथ १ की ४० वर्षीया ललिता चौधरी,सोही ठाउँ बस्ने बबिता चौधरी र बबिताको सात वर्षीय छोरा प्रभास चौधरी रहेका छन् । 

सुझावित समाचार