दोलखाका नयाँ पत्रिकाकर्मी खतिवडा काभ्रेमा सम्मानित

शुक्रबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

नयाँ पत्रिका राष्ट्रिय दैनिकका दोलखा जिल्ला संवाददाता श्याम खतिवडा काभ्रेपलाञ्चोक जिल्लामा सम्मानित भएका छन्। नेपाल प्रेस युनियन बागमती प्रदेशको आयोजनामा पूर्वसूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले खतिवडालगायतलाई सम्मन गरेका हुन् । 

नेपाल प्रेस युनियनका प्रतिनिधि भएर नेपाल पत्रकार महासंघ बागमती प्रदेशकाे सचिवमा निर्वाचित भएकोमा खतिवडा सम्मानित भएका हुन् । खतिवडासँगै अन्य जिल्लाका पत्रकारहरू पनि सम्मानित भएका थिए । 

शुक्रबार नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित पर्यटन प्रवर्द्धनमा पत्रकारकाे भूमिका एवं संस्थागत क्षमता अभिवृद्धि तथा समान कार्यक्रममा नयाँ पत्रिकाकर्मी खतिवडा सम्मानित भएका हुन् । तीनदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री रिजालले पछिल्लो समय पत्रकारितामा  आधुनिक प्रविधि एआईको चुनौती रहेको बताए ।

एआईको चुनौतीलाई चिर्न आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै जानुपर्ने उनले बताए । सो कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नयाँ आर्थिक वर्षको बजेट भाषणले प्रेस र पत्रकार भन्ने शब्द नै नलिएको बताए । 

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता कहिल्यै पनि संकटमा नपर्ने बताए । आफूलाई परिमार्जन गर्दै जाँदा कहिल्यै पनि पत्रकारिता संकटमा नपर्ने बताए । बदलिँदो परिस्थितिमा आफ्नो कन्टेन्ट परिवर्तन गर्दै जानुपर्ने उनको भनाइ छ ।

उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष ईश्वरी ओझा, युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, १० जिल्लाका युनियनका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष उपस्थित रहेका थिए । वैशाख १५ गतेदेखि सुरु भएको उक्त तालिम १७ गते समापन हुनेछ । तालिममा धर्मेन्द्र झा, दीपक आचार्य, रामप्रसाद दाहाललगायतले प्रशिक्षण गरिरहेका छन् ।

सुझावित समाचार