ब्याट्री स्टोरेजसहितको सोलार प्लान्टलाई जलाशयसरहको पिपिए दर

बुढीगण्डकी परियोजना सार्वजनिक–निजी साझेदारीमा

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले ब्याट्री स्टोरेजसहितको सौर्य तथा वायु ऊर्जा परियोजनालाई जलाशय जलविद्युत् आयोजनासरहको दरमा विद्युत् खरिद–बिक्री सम्झौता गर्ने नीति ल्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

आगामी आवमा ६७० मेगावाटको दुधकोशी जलविद्युत् परियोजनाको निर्माण सुरु गरिने बताए। १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् परियोजना सार्वजनिक निजी साझेदारी लगानी मोडलमा अघि बढाउने पनि उनले बताए। यसमा हालसम्म सरकारले गरेको खर्च शेयरमा परिणत गरिने उनको भनाइ छ।

अपर अरुण, किमाथांका, नलगाड, फुकोट कर्णालीलगायतका आयोजनाको लगानी ढाँचा बनाउने पनि उनले बताए। आगामी आवमा २१० मेगावाटको चैनपुर सेती र १०६ मेगावाटको जगदुल्ला जलविद्युतका निर्माण सुरु गर्ने सरकारको घोषणा छ।

सुझावित समाचार