आगामी आर्थिक वर्ष ०८२/८३ मा विद्यालय तहमा अध्ययनरत छात्रालाई स्यानेटरी प्याड खरिदका लागि विद्यालयहरूलाई एक अर्ब २९ करोड रुपैयाँ अनुदान दिइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा सार्वजनिक गरेको बजेटमा सो विनियोजित बजेटबाट १३ लाख छात्रा लाभान्वित हुने अपेक्षा राखिएको छ ।