त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन चार अर्ब १५ करोड विनियोजन

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न चार अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । 

त्यस्तै, आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने उनले बताए ।

पोखरा विमानस्थललाई पर्यटकीय हब बनाउने बजेटमा उल्लेख छ । गौतम बुद्ध विमानस्थललाई पर्यटक र श्रमिकहरूका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन सकिने र कार्गो सेवामा सहुलियत दिने उनले बताए। 

वैकल्पिक वित्त जुटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइनेछ ।
 

See More On

सुझावित समाचार