चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु. एक लाख ९२ हजार ३१ रहेकामा चालू आर्थिक वर्ष रु. दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, ‘चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने अनुमान छ । पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर नौ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४४३ अमेरिकी डलर रहेकामा चालू आर्थिक वर्षमा एक हजार ४९६ अमेरिकी डलर पुग्ने अनुमान छ । 

त्यसैगरी, प्रतिव्यक्ति राष्ट्रिय आय र खर्चयोग्य आय दुवै क्रमशः बढ्दै गएको र चालू आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत वर्षको तुलनामा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान सरकारले गरेको छ । 

आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्ष यस्तो आय ४.१ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्ष यस्तो आय एक हजार ४६७ अमेरिकी डलर रहेको थियो । त्यसैगरी, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल खर्चयोग्य आय एक हजार ८६४ अमेरिकी डलर रहेकोमा चालू आर्थिक वर्ष यस्तो आय अमेरिकी डलर एक हजार ९४० पुग्ने अनुमान छ ।’  

सुझावित समाचार