एकातिर राजावादी, अर्कोतिर एमाले (तस्बिरहरू)

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

काठमाडौंका विभिन्न स्थानबाट निस्किएका नेकपा एमालेका र्‍याली शान्तिवाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ ।

प्रहरीले रत्नपार्कमा भेला भएका राजावादीसमर्थकलाई जमलतर्फ पठाएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले राजावादीसमर्थकहरूलाई जमलतर्फ पठाएको हो ।

यतिखेर शान्तिवाटिका क्षेत्रको दृश्य हेर्ने हो भने वारि राजावादी, पारि एमाले र बिचमा बाक्लो संख्यामा प्रहरी रहेका छन् । सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण प्रहरीले बनाएको हो ।

प्रहरी प्रशासनले २ बजेपछि मात्रै राजावादसमर्थकहरूलाई शान्तिवाटिकामा प्रवेश दिने यसअघि नै बताइसकेको छ ।

सुझावित समाचार