कांग्रेस सभापति देउवाले पाँच वर्षअघि नै भनेका थिए– अफताब आलमलाई छुटाउन लागिरहन्छु

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण
  • गढीमाई नगरपालिका– ६ धरमपुर, सिंगारवनमा विष्णुपुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भनेका थिए, ‘शेख अफताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नातर्फबाट लागिरहन्छु ’

कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई अपराधबाट उन्मुक्ति दिन राजनीतिक शक्तिको दुरुपयोग कतिसम्म भएको थियो भन्ने पुष्टि कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच वर्षअघि सार्वजनिक कार्यक्रममै दिएको अभिव्यक्तिले पुष्टि गरेको थियो ।

१९ फागुन ०७७ मा रौतहटमै पुगेर देउवाले आलमलाई झुटा मुद्दामा फसाएकाले छुटाउन आफूले प्रयास गरिरहेको बताएका थिए ।

गढीमाई नगरपालिका– ६ धरमपुर, सिंगारवनमा विष्णुपुराण महायज्ञको शुभारम्भ गर्दै उनले भनेका थिए, ‘शेख अफताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नातर्फबाट लागिरहन्छु ।’

एक दिन परिस्थिति बदलिन सक्ने भन्दै देउवाले ढुक्क भएर बस्न पनि आलमलाई आश्वासन दिएका थिए । 

सुझावित समाचार