इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेलमा रहेका पूर्वमन्त्री आफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन्। उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएको हो।
उच्चका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहितका चार प्रतिवादीलाई सफाइ दिएको छ। उनीहरूविरुद्ध जिल्ला अदालत रौतहटले गत १३ वैशाख ०८१ मा विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा जन्मकैदको सजाय फैसला गरेको थियो।
त्यस्तै, विस्फोटक पदार्थ प्रयोग कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। उच्चले जिल्लाको सबै फैसला उल्ट्याइदिएको छ।