महालक्ष्मी विकास बैंकद्वारा ३१ जना महिला उद्यमी सम्मानित

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई सम्मान गरेको छ । बैंकले ३१औँ देशव्यापी वार्षिकोत्सव मनाउने क्रममा महिला उद्यमीलाई देशैभरिका विभिन्न शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम गरी सम्मान गरेको हो ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशीलतालाई समेत प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथै बैंकले ६ जेठमा देशभरका १० वटा शाखा कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममार्फत ३२० पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ । 

साथै, बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविरसमेत सञ्चालन गरेको छ । त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रमसमेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवा जस्तै: मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डको प्रयोग गरिएको थियो ।

सुझावित समाचार