१४ वर्षीया बालिका बलात्कार आरोपमा चारजना पक्राउ

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका–४ गबुवामा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार पक्राउ पर्नेमा कटारी नगरपालिका–४ कै गबुवाका २५ वर्षका सुजन भन्ने राजकुमार तामाङ, २० वर्षका नविन श्रेष्ठ, २० वर्षकै जीवन तामाङ र १९ वर्षका एक बालक रहेका छन् ।

एसपी योगीले भने, ‘पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेका छौँ ।’ १४ वर्षीया बालिका बलात्कार परेको भन्ने शनिबार जाहेरी आउनसाथ इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरू पक्राउ गरेको उनले जानकारी दिए ।
 

सुझावित समाचार