धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

कैलालीको धनगढी उपमहानगरपालिका– १४, फुलबारीस्थित ‘एच’ गाउँमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेकाे छ । साइनो चोकनजिक झाँडीमा साल नकाटेको अवस्थामा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शिशु रोइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशु कसको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए । शिशुलाई सेती प्रादेशिक अस्पताल ल्याइएको छ

बालकलाई अस्पतालको एनआइसियूमा राखेर स्याहार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । कसले जन्माएर फालेको हो भन्नेबारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार